+
+

बैदेशिक सहायतामा नयाँ रेकर्ड, ६ महिनामै सवा २ खर्बको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १२ गते १०:०४

१२ फागुन काठमाडौं । पछिल्लो समय दातृ राष्ट्रहरुले नेपालमा सहयोग बढाउन थालेका छन ।

गत आर्थिक वर्षको पुस मसान्तमा ५५ अर्ब रुपैयाँ बैदेशिक सहायताको प्रतिवद्धता आएकोमा चालू आवको पुस मसान्तमा २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ arthamantralaya3बैदेशिक सहायताको प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।

जबकी यो आर्थिक वर्षको कूल बजेट नै ६ खर्ब १८ अर्ब छ । दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको सरकारलाई दातृ निकायहरुले विश्वास गरेकाले मोटो रकम सहायताको प्रतिवद्धता गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले गत साउनमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब अमेरिकी डलर अर्थात करिब १ खर्ब रुपैयाा पनि बैदेशिक सहायताको प्रतिवद्धतामा समावेस गरेको जनाएको छ ।

खर्च नहुने समस्या

बैदेशिक सहायताको प्रतिवद्धता आएपनि सो अनुरुप खर्च हुन नसकेको मन्त्रालयले स्वीकार गरेको छ । सोमबार बजेटको मध्यावधि समिक्षा गर्दै अर्थमन्त्री डा. रामशरण महतले यस्तो सहायता खर्च हुन नसकेको बताए ।

‘चालू आर्थिक वर्षमा वैदेशिक सहायतातर्फ विनियोजित बजेटमध्ये अनुदानतर्फ ८.४१ प्रतिशत र ऋणतर्फ ४.९ प्रतिशत मात्र खर्च हुन सकेको छ’ मन्त्री महतले भने- ‘तर, प्रतिवद्धताअनुरुप खर्च भने हुन सकेको छैन । यो बिडम्बना हो ।’

सोझै भुक्तानी हुने र वस्तुगत सहायताको रकम यसमा समावेस नगरिएकाले खर्च रकम कम देखिए पनि समग्रमा बैदेशिक सहायताको परिचालन कमजोर रहेको अर्थ मन्त्रालयले गरेको बजेटमो मध्यावधि समिक्षामा उल्लेख छ ।

यस्तो सहायताबापतको २७ अर्ब रुपैयाा शोधभर्ना लिन बाँकी रहेको र यसले सरकारी स्रोतमाथि ठूलो दबाव सिर्जना गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?