Comments Add Comment

पार्टीभित्रबाटै राजीनामा मागेकोमा प्रधानमन्त्री कोइराला आक्रोसित

Susil-koirala

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पार्टीभित्रैबाट आफ्नो राजीनामा माग भएकोमा आक्रोस व्यक्त गरेका छन् ।

महेन्द्रनारायण निधीको ९४ औं जन्ममयन्तीको अबसरमा बुधबार आयोजित कार्यक्रममा कोइरालाल प्रधानमन्त्री कोइरालाले भने-‘आफ्नै साथीहरुले भन्नु हुन्छ राजीनामा दे, तैले गर्न सकिनस् । उहाँहरुले परिस्थितिको गम्भीरता बुझ्नु भएन ।’

सहमतिको वातावरण बनाउन आफू लाग्दा पनि पार्टीकै नेताहरुले त्यसलाई नबुझेको कोइरालाको गुनासो थियो ।

संविधान बनेपछि पद छाड्ने भन्दै उनले आफुलाई कसैले हटाउन आवश्यक नभएको बताए । उनले भने-‘मैले सोचेको पनि थिइँन प्रधानमन्त्री होउँला भनेर । सुविधा भोग्न, पैसा कमाउन आएको होइन ।’

प्रधानमन्त्री कोइरालाले सहमतिबाट अघि बढ्ने भन्दै अब आन्दोलनको आवश्यकता नभएको बताए । सहकार्य र सहमतिका निम्ति अधिकतम लचिलो हुँदासमेत विपक्षीले आफूहरूलाई सहमतिका बाधकका रुपमा प्रस्तुत भन् उनले ‘विन विन’ सहमतिमा जोड दिए ।

प्रधानमन्त्रीले भने-संविधानसभाबाटै संविधान जारी गर्न म प्रतिबद्ध छु । एनेकपा माओवादीलगायत आन्दोलनको बाटो अँगालेका साथीहरूलाई संवाद, सहमति, एकता र मेलमिलापका लागि अग्रसर हुन पुनः आह्वान गर्दछु ।’

वार्तामा आउन कांग्रेसको आहृवान

सत्तारुढ नेपाली कांग्रेसले एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आउन आहृवान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेको छ । बैठकले संविधान निर्माणका लागि लिनु भएको अग्रसरताप्रति समर्थन व्यक्त गरेको छ ।

बैठकमा अधिकांश नेताहरुले सहमतिकै आधारमा संविधान बनाउन र सबैलाई समेटेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment