Comments Add Comment

संवैधानिक निकायमा गरिने पदपूर्तिका बारेमा छलफल गर्न परिषदको बैठक बस्दै

१४ फागुन, काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलको अडानले अनिणिर्त हुँदै आएको संवैधानिक परिषद्को बैठक बिहीबार बस्दैछ ।

साँझ ५ बजे बस्ने बैठकमा संवैधानिक निकाय लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी र सदस्य नियुक्त गर्ने विषयमा छलफल हुनेछ । दुवै आयोगमा एकमुष्ठ सहमति गर्ने भन्दै यसअघिको बैठक सकिएकोले आज निर्णय हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिपक्षी एकीकृत माओवादीले लोकसेवामा पहिलाकै प्रमुख आयुक्त कयोदेवी यमीलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ भने कांग्रेसले पूर्वसचिव उमेश मैनालीलाई अघि सारेको छ । माओवादीले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिलाई निरन्तरता दिएजस्तै यमीलाई निरन्तरता दिन प्रस्ताव गरेपछि यसअघि मंगलबार बसेको बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

फागुन १ गतेको परिषद् पनि त्यत्तिकै सकिएको थियो । यसैबीच, संवैधानिक अंगमा भागबण्डाको आधारमा नियुक्त नगर्न राष्ट्रपति रामवरण यादवले सरकारलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment