Comments Add Comment

करेन्ट लागेर एकको मृत्यु

१६ फागुन, काठमाडौं । सिराहामा करेन्ट लागेर एक जनाको जनाको मृत्यु भएको छ । सिराहा नगरपालिका १७ मा शनिबार बिहान करेन्ट लागेर ५० वर्षका महेश यादवको मृत्यु भएको हो । राजपुर-१ का यादवलाई सडक छेउमा रहेको बिजुलीको खम्बाबाट करेन्ट लागेको थियो ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु 

यसैबीच हेटौंडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौंडाको पुत्तलीबजारमा ना २१ प ८८७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका २२ वर्षका श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment