Comments Add Comment

राँगाको आक्रमणबाट मृत्यु

१६ फागुन, सप्तरी । सप्तरीको देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राँगाको अाक्रमणमा परेका देउरी भरूवा ७ का शिवनारायण यादवको मृत्यु भएको हो ।

यादव शुक्रबार रातिगहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए ।

राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका– ४ का विकास भण्डारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

शुक्रबार साँझ इटहरी उपमहानगरपालिका दक्षिण टान्सपोर्ट लाइनमा तीव्रगतिमा रहेको को १ ख ९००४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्टिदा भण्डारी गम्भीर घाइते भएका थिए ।

घाइते भण्डारीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment