Comments Add Comment

विजय गच्छदारको भर गणेश लामामाथि

१६ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वमा कालीमाटी पुलबाट जुलुस सुरु हुँदा दशरथ रंगशालाको गेटै छेऊमा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामाको नेतृत्वमा एउटा सानो झुण्ड बसिरहेको थियो ।

30-dal-pradarsan

पोको पारेर राखिएका झण्डा समात्ने पर्याप्त कार्यकर्तासमेत थिएनन् । झण्डाको पोको समेत फुकेको थिएन । गच्छदारका कार्याकर्ता सडकमा अन्य मधेसवादी दलको जति देखिएनन् । रंगशाला छेउमा गच्छदारको निर्वाचन क्षेत्रका भन्दा गणेश लामाका कार्यकर्ताहरु बढी देखिन्थे ।

राजधानीमा शनिबार आयोजित शक्ति प्रदर्शनमा ३० दलमध्ये कसले कति बढी कार्यकर्ता सडकमा ल्याउने भन्ने प्रतिस्पर्धा भए पनि विजय गच्छदारको पार्टीको अवस्था निकै फितलो देखिएको छ ।

मधेसवादीमध्येे सबैभन्दा ठूलो दल भनिए पनि गच्छदारको दलले तमलोपाका र फोरम नेपालका जति पनि कार्यकर्ता सडकमा उतार्न सकेन ।

माइतीघरबाट बाबुरामको जुलुसमा मिसिन त्रिपुरेश्वरतिर लागेको तमलोपा नेपालको जुलुस मधेसी पार्टीहरुकोमध्ये ठूलो देखिएको थियो । त्यस्तै बबरमहलमा पलेटी मारेर बसेको अवस्थामा उपेन्द्र यादव नेतृत्वको  फोरम नेपालका कार्यकर्ताहरु पनि तमलोपासँग प्रतिस्पर्धी देखिएका थिए ।

त्यसैगरी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि बबरमहलमै जुलुसको नेतृत्व गरिरहेका थिए । महतोको जुलुसमा फोरम लोकतान्त्रिकमा भन्दा बढी देखिन्थ्यो ।

कांग्रेस र एमालेसँग सहमतिमा जोड दिइरहेका गच्छदारले  आन्दोलनप्रति त्यति धेरै रुची नदेखाएको बताइँदै गरेका बेला उनको पार्टीको प्रदर्शन अन्य मधेसवादी दलहरुको जस्तो दमदार नदेखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment