१६ फागुन, काठमाडौं । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले कांग्रेस-एमालेलाई तीनवटा मुद्दा लगाउनुपर्ने धारणा राखेका छन् । राज्यविरुद्धको अपराध, ठगी र अपहरणको मुद्दा लगाउनु पर्ने उनको धारणा छ ।
३० दलीय गठबन्धनको सभालाई शनिबार सम्वोधन गर्दै उनले कांग्रेस-एमालेको कारण देश विखण्डन तर्फ जान लागेकोले यसको जिम्मेवार पनि उनीहरु नै हुनुपर्ने बताए ।
यस्तै संसदमा दुई तिहाई बहुमतको नाममा संविधानसभालाई अपहरण गरेको उनले आरोप लगाए ।
उनले सहमतिको बाधक पनि कांग्रेस एमाले नै भएको दाबी गरे । उनले सहमतिको वाधक नबन्न आग्रह पनि गरे ।
भण्डारीले भने-‘आफैले लगाएको सहमतिको पर्खाल तोड्नुस् र हामीसँग वार्ता गर्नुस् ।’