Comments Add Comment

विवाह भोजबाट फर्किएका पुरुष मृत फेला

१७ फागुन, खोटाङ । विवाह भोज खान गएर फर्किएका खोटाङका एक पुरुष मृत फेला परेका छन् ।

आफन्तको घरमा विवाहको भोज खाएर फर्किएका दिक्तेल नगरपालिका–१ का ४२ वर्षका खिला घिमिरे शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज यादवले जानकारी दिए ।

घिमिरेको शव बाटोदेखि ३० मिटर तल भेटिएको थियो । शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाएको प्रनानि यादवले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment