Comments Add Comment

करेन्ट लगाएर माछा मार्ने १२ जना पक्राउ

निमुसंगम घर्ती
१७ फागुन, घोराही । करेन्ट लगाएर माछा मार्ने १२ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । देउखुरीको लमही नगरपालीकामा पर्ने अर्जुनखोलामा करेन्ट लगाएर माछा मार्दै गरेका १२ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

खोलाहरुमा करेन्ट लगाएर माछा मार्नुलाई कानुनले निषेध गरेको छ ।

अर्जुनखोलामा जेनेरेटरको प्रयोग गरी माछा मार्दै गरेका घोराहीका मेकेन्द्र भुसाल, विराज थापा, सनतकुमार आचार्य, भरतचन्द्र बञ्जाडे पक्राउ परेका हुन् । यसैगरी देउखुरीका सन्तोष चौधरी, सिताराम चौधरी, अर्जुन चौधरी, अनुप थापा, देवनारायण चौधरी, विनोद चौधरी, गणेश चौधरी र सिताराम चौधरीलाई पनि पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय दाङमा बुझाएको छ । उनीहरुको बयानका आधारमा कानुन बमोजिम कार्वाही हुने प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले जानकारी दिए । बयान लिईसकेपछि उनीहरुलाई जरिवाना गर्ने या धरौटीमा छोड्ने भन्ने बारेमा निर्णय हुने अर्यालले बताए ।

पक्राउ गरिएका ब्यक्तिलाई जलचर ऐन संरक्षण ऐन २०१७ अन्तर्गत कारवाही हुने छ । यसअघि केही महिना पहिले पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो भने १२ जना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment