Comments Add Comment

सालझण्डीमा नेपाल-भारत संयुक्त सैन्य तालिम जारी

Nepal-India-Army-Training

  • नेपाल-भारत संयुक्त सैन्य तालिम निरीक्षणको क्रममा प्रधानसेनापति गौरव शमसेर जबरा । तस्वीर : नेपाली सेना

१७ फागुन, रुपन्देही । रुपन्देहीको सालझण्डी स्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा जारी नेपाली र भारतीय सेना सहभागी संयुक्त सैनिक अभ्यासको प्रधानसेनापति गौरव शम्शेर जबराले आइतबार निरीक्षण गरेका छन् ।

सोही अवसरमा प्रधानसेनापति राणाले विश्वकै तेश्रो ठूलो स्थल सेनासंग गण तहमा संचालन भएको यस संयुक्त सैनिक अभ्यासबाट थप व्यवहारिक अनुभव र सिप आदान-प्रदान हुने विश्वास व्यक्त गरे । उनले नेपाली सेनालाई पनि पेशागत क्षमता अभिबृद्धि गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक कार्यक्रमहरु समावेश गरी नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास संचालन भैरहेको छ । यस किसिमको अभ्यास विगतमा मित्रराष्ट्र भारतमा पहिलो, तेश्रो, पांचौं र सातौं संस्करण तथा नेपालमा दोश्रो, चौथो र छैठौं संस्करण संचालन भईसकेको छ ।

नेपाली सेनाबाट १९४ जना र भारतीय सेनाबाट २७० जना गरी जम्मा ४६४ जना सैनिकहरु सम्मिलित आठौं संस्करणको यो अभ्यास फागुन २४ गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment