Comments Add Comment

नेपालगन्जमा मारवाडी समुदायले मन्दिर बनाए

आरपी सुवेदी

mandir-3

१८ फागुन, नेपालगन्ज । मारवाडी सेवा समिति नेपालगन्जले श्यामबाबा, हनुमान र रानी सतिदादीको मन्दिर स्थापना गरेको छ ।

नेपालगन्ज-१३ महाकालीमिल क्षेत्रमा हुलाक कार्यालय नजिकै निर्माण गरीएको सो मन्दिरको प्राण प्रतिष्ठापन गर्नु अघि विभिन्न हिन्दू देवी देवताको रुपमा बालबालिकालाई सिंगारेर उटमा राखेर बाजागाजा सहित नगर परिक्रमा गराईएको छ ।
नेपालगन्जमा मारवाडी समुदायका आस्थाका प्रतिक श्यामबाबाको मन्दिर नभएकोले हरेक फागुन एकादशिको दिन नेपालगन्जमा बस्दै आएका मारवाडी समुदाय सिमापारी भारतीय बजार नानपारासम्म झण्डै ४० किलोमिटर पैदलै हिडेर मिठ्ठान्न चढाउनको लागि जाने चलन रहेको प्रदीप छाजेडले जानकारी दिए ।

mandir

मारवाडी समुदायमा ‘खाटु श्यामजी महाराजलाई अत्यन्तै श्रद्धाका साथ पुज्ने प्रचलन रहेको छ । राजस्थानमा पनि फागुन एकादशीको दिन खाटु श्यामजी महाराजको मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।

नेपालगन्जमा नै श्यामबाबा, हनुमान र रानी सतिदादीको मन्दिर स्थापना गरेको खुसियालीमा समुदायका पुरुष, महिला, बालबालिका धार्मिक झण्डा लिएर बाजागाजा सहित अविर जात्रा गर्दै नगर परिक्रमा गरेका थिए ।

mandir-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment