Comments Add Comment

माझी समुदायले कोशी पूजा पर्व मनाउँदै

१९ फागुन, सुनसरी ।  माझी समुदायहरुको महान पर्व कोशी पूजा मंगलवार सुनसरी लगायत विभिन्न जिल्लाहरुमा धुमधामले मनाइदैँछ ।

कोशी पूजाका लागि पूर्वका माझी समुदायहरु सुनसरीको सप्तकोशीमा भेला भइ कोशीनदी सरसफाइमा जुटेका छन ।

कोशीलाई प्रकृतीको देवी मान्दै माछा मार्ने क्रममा कुनै अनिष्ठ नहोस, बाढीबाट कुनै क्षती नपुगोस लगायत आफन्त जनहरुको स्वास्थ्य लाभ र भाइचाराहरु बिचको सदभाव कायम रहोस भन्न कामनाका साथ माझी समुदायहरुले कोशी पूजा गर्ने परमपरा रहेको छ ।

कोशी किनारमा भेला भएका माझी समुदायले परेवा, कुखुरा, पाठी, सुगुर र रागा पाचँवटा जीवको वली दिन्छन् । बलिदिएको पशुको मासुलाई प्रसादका रुपमा खाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment