Comments Add Comment

महिलाले उत्पादन गरेका वस्तुको प्रदर्शन हुने

२१, फागुन, काठमाडौँ । काठमाडाैंमा महिलाले उत्पादन गरेका वस्तुको प्रदर्शनी हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कृषि उद्यम महासङ्घ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा महिला उद्यमी महासङ्घले आउँदो फागुन २३ गते महिलाले उत्पादन गरेका वस्तुको प्रदर्शन गर्ने भएको हो ।

महिला उद्यमी महासङ्घकी अध्यक्ष रीता भण्डारीले महिलाको क्षमतालाई अगाडि बढाउन यस्तो आयोजना गर्न लागिएको बताइन् । ग्रामीण क्षेत्रका महिलाले उत्पादन गरेका वस्तु केन्द्रसम्म पुर्याउन उक्त प्रदर्शन गर्न लागिएको भण्डारीले बताइन् ।
महिला उद्यमी शोभा ज्ञवालीले महिलालाई नेपाली समाजले दोस्रो दर्जाको रुपमा हेर्ने गरेको गुनासो गर्दै महिलाले केही गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न पनि यस्तो मेलाको आयोजना गरिएको बताइन ।

नेपाल कृषि उद्यम महासङ्घका कार्यकारी निर्देशक प्रदीप महर्जनले आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउन महिलाले ठूलो भूमिका खेलेको बताइन् ।

महिलालार्ई उद्यम क्षेत्रमा अगाडि बढाउने उद्देश्यले हुन लागेको प्रदर्शनमा नेपाली महिलाले बनाएको वस्तु र उत्पादन गरेका खाद्यान्नको ७५ वटा स्टल राखिने महासङ्घले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment