Comments Add Comment

स्वाइनफ्लु जाँच्ने हेल्थ डेस्क निष्प्रभावी

ध्रुव भट्टराई

२१ फागुन, विराटनगर । स्वाइनफ्लु नियन्त्रणका लागि भनेर नेपाल-भारत सीमा जोगबनी नाकामा स्थापना गरिएको हेल्थ डेस्क प्रभावकारी हुन सकेको छैन । गत शुक्रवार स्थापना गरिएको डेक्समा न त आवश्यक उपकरण छन् नत दक्ष जनशक्ति ।

Jogbani-HealthDesk

  • जोगबनी हेल्थ डेस्कमा नर्स अम्विका भण्डारी

डेक्समा खटिएका स्वास्थ्यकर्मीका अनुसार शंकास्पद व्यक्तिको थुक परीक्षणको लागि कोशी अञ्चल अस्पतालमा जान सल्लाह दिने गरिएको छ ।

जोगबनी नाका भएर दैनिक हजारौंको संख्यामा मानिसहरु ओहोर दोहोर गर्छन् । नाका क्षेत्रमा आउने जाने मानिसलाई कडाइका साथ परिक्षण गर्ने वा डेक्सको सम्पर्कमा जानका लागि आवश्यक पहल समेत हुन सकेको देखिदैन । कोही आएर डेस्कको कार्यालय भित्रै प्रवेश गरिहाले रोगबारे जानकारी दिनेसम्मको काम हुन्छ । डेक्स स्थापना गरेदेखि हालसम्म ५ जना मात्र औपचारिक रुपमा रोगबारे जानकारी लिन आएका छन् ।

डेस्कमा खटिएकी नर्स अम्बिका भण्डारीले भनिन्, ‘प्रहरीको सहयोगमा डेक्समा विहीबारसम्म पाँच जना शंकास्पद व्यक्ति आउनु भएको छ, उहाँहरुलाई रोगको विषयमा बताइदिने काम मात्र भएको छ ।’

यो हेल्थ डेस्क इबोला रोगको हल्ला आएसँगै स्थापना गरिएको हो । अहिले त्यसैलाई पुनः स्वाईन फ्लुको चेतना दिलाउने भनेर सञ्चालनमा ल्याइएको छ । डेस्कमा रानीस्थित स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी खटाइएको छ ।

Koshi-Zonal-Hospital-Biratn

कोशीमा नमुना संकलन शुरु

स्वाइन फ्लु आशंका भएका व्यक्तिको नमुना परिक्षणका लागि कोशी अञ्चल अस्पतालमा छुटै डेक्स स्थापना गरिएको छ । कोशी अञ्चल अस्पतालले स्वाइन फ्लु आशंका भएका व्यक्तिको परिक्षण र उपचारका लागि १० शैयाको छुट्टै कोठाको समेत व्यवस्था गरेको छ । जसमा अस्पतालका फिजिसियन डा. दिपक सिग्देलको निगरानीमा उपचार गर्ने व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय मोरङ, विश्व स्वास्थ्य संगठनको सहायोगमा परिक्षणका लागि आवश्यक किटसहितको स्वास्थ्यकर्मी उपलव्ध भएपछि विहीबारबाट परिक्षणको सेवा शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोख्रेलले जानकारी दिए ।

‘स्वाईन फ्लुको भाईरस क्यारी गर्ने र्‍यापिट टेष्ट सेवा सुचारु भएको छ, अब शंकास्पद व्यक्तिहरुको परिक्षण गर्ने काममा सहज हुनेछ,’ डा. पोख्रेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment