+
+
Shares

२ सय गिगाबाइट क्षमताको मेमोरी कार्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २४ गते ९:२१

memory-card
हार्ड ड्राइभ तथा सफ्टवेयर निर्माता अमेरिकी कम्पनी सानडिस्कले २ सय गिगाबाइट क्षमताको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।

सानडिस्कले माइक्रो एसडीएक्ससी मेमोरी कार्ड लन्च गरेको हो । सानो आकारमा उच्च क्षमताको मेमोरी कार्ड सार्वजनिक गरी सानडिस्कले प्रयोगकर्ताको ध्यान खिच्ने कोसिस गरेको छ ।

२ सय गिगाबाइट क्षमताको यो मेमोरी कार्डको आकार पोर्टेबल हार्ड ड्राइभ जत्तिकै छ भने यसको मूल्य झण्डै स्मार्टफोनको जत्ति छ । सानडिस्कले यो मेमोरी डिभाइसको मूल्य ४ सय डलर तोकेको छ ।

यो कार्डको स्पीड ९० एमबी प्रतिसेकेण्ड रहेको छ यसको अर्थ यो मेमोरी कार्डमा रहेका पूरै डाटा आधा घण्टामै अर्को डिभाइसमा सार्न सकिन्छ ।

यद्यपि यो मेमोरी कार्डलाई धेरै प्रयोगकर्ताले प्रयोग गर्न भने नपाउने देखिएको छ । कतिपय डिभाइसहरुले यो उच्च क्षमताको मेमोरी कार्ड सपोर्ट नै गर्दैनन् । हालै लञ्च भएको एचटिसीको वन एम नाइन स्मार्टफोन तथा ग्यालेक्सीको एस सिक्स स्मार्टफोनको एक्सटर्नल मेमोरी समेत यति धेरै छैन ।

सानडिस्कले २ सय जिबीको मेमोरी कार्डसँगै ३२ जिबीको डुअल युएसबी ड्राइभ अर्थात् पेनड्राइभ समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?