+
+
Shares

अब नरिवलको तेलले गुड्नेछ गाडी

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २६ गते ९:१०

nariwal

पेट्रोल तथा डिजेलबाट मात्र होइन सजिवनको तेलबाट समेत गाडि गुडेको कुरा हामी सुनेकै छौँ । नरिवलको तेलबाट गाडी गुडाएको भने अहिलेसम्म सुनिएको थिएन । तर वैज्ञानिकहरुले नरिवलको तेलबाट गुड्ने गाडीको निर्माण गरेका छन् ।

भारतको कोच्चीस्थित एससीएमएस इन्स्िटच्युट अफ बायोसाइन्स एण्ड बायोटेक्नोलोजी रिसर्च एण्ड डेभलपमेन्ट र एससीएमएस स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले नरिवलको तेलबाट गुड्ने गाडीको निर्माण गर्न सफल भएका हुन् ।

भारतीय संचार माध्यमका अनुसार नरिवलको तेलबाट तिब्र गतिमा गाडी चलाउन सकिन्छ । वैज्ञानिकहरुले डिजल इन्जिनबाट चल्ने सानो ट्रकलाई एक वर्षसम्म नरिवलको तेलबाट चलाएर यो तथ्य प्रमाणित गरेका हुन् ।

वैज्ञानिकका अनुसार टाटाको एसीइ ट्रकले एक लिटर डिजेलमा १६ किलोमिटर सम्म माइलेज दिनेमा नरिवलको तेलको रुपमा प्रयोग गरिएको जैविक इन्धनको प्रयोगबाट यो गाडीलाई प्रतिलिटर साढे २२ किलोमिटर सम्म गुडाउन सकिन्छ ।

वैज्ञानिक टोलीका प्रमुख सी मोहनकुमारका अनुसार नरिवलको तेलबाट समेत तिब्र गतिमा गाडी चलाउन सकिने कुरा प्रमाणित भएकोले अब नरिवलको तेललाई सवारी साधनमा डिजेलको विकल्पका रुपमा प्रयोग गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?