Comments Add Comment

राष्ट्रिय क्रिकेटमा नेपालगञ्जको दोस्रो जित

Amit-Shrestha

  • म्यान अफ दि म्याचको ट्रफी लिँदै वीरगञ्जका अमित श्रेष्ठ

२६ फागुन, काठमाडौं । राजधानीमा जारी राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्षेत्र नम्बर ५ नेपालगञ्जले लगातार दोस्रो जित हात पारेको छ । नेपालगञ्जले क्षेत्र नम्बर ७ जनकपुरलाई ८ विकेटले पराजित गरेको छ ।

जनकपुरलले प्रस्तुत गरेको २३७ रनको लक्ष्य नेपालगञ्जले ४२ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो । उसका लागि प्राज्वल शाहीले सिद्धान्त राज शाहीले पहिलो विकेटका रुपमा ८१ रनको साझेदारी गरे ।

सिद्धान्त २६ मा आउट भए । प्राज्वलले दोस्रो विकेछका लागि अनुपम सिंहसँग ९९ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । प्रज्वल ९३ रनमा आउट भए , अनुपत ७१ र सुवेन्दु पाण्डे ३१ रनमा रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ४५.५ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । उसको सुरुवात भने निकै खराव रहृयो ।

१२ रन जोड्दा पहिलो विकेट गुमाएसको उसले ७३ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । तर, ओपनर हरिशंकर साहले क्रिकेर लेखिरहे । उनले सातौं विकेटका अविषेश झासँग ८८ रनको साझेदारी गरे । हरिशंकर ६८ रनमा आउट भए ।

आठौं विकेटका लागि सुशान्त मण्डलसँग ३९ रनको साझेदारी गर्दै अविषेक ५८ रनमा आउट भए । थप ३६ रन जोड्दा जनकपुर आलआउट भयो ।

नेपालगञ्जका सिद्धान्तराज साही र आकाश विष्टले ३-३ विकेट लिए भने अभिनाष बोहोरा २ रनमा आउट भए । प्रज्वल म्यान अफ दि म्याच बने ।

वीरगञ्जको पहिलो जित

त्रिवि कीर्तिपुर मैदानमा भएको खेलमा क्षेत्र नम्बर २ वीरगञ्जले भने पहिलो जित हात पार्ने क्रममा क्षेत्र नम्बर ८ पोखरालाई ३ विकेटले पराजित गरेको छ ।

पोखराले प्रस्तुत गरेको २२४ रनको लक्ष्य वीरगञ्जले ४६.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । वीरगञ्जको सुरुवात निकै राम्रो रहृयो ।  अमित श्रेष्ठ र रवी थापाले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । ५३ बलमा अर्धशतक पुरा गरेका अमित ६६ रनमा आउट भए ।

रवीले ४२ रन बनाए । हसिम अन्सारीले ३६ रन जोडे । आँशु कन्दोइले २१ रनको योगदान दिए । पोखराका सुशील कँडेल र निश्चल पाण्डेले २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ४५.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो । पोखराका विधान श्रेष्ठले ७८ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

वीरगञ्जका रामनरेश गिरीले चार विकेट लिए भने कसिम अन्सारी र कुमार थापाले समान २-२ विकेट लिए । अमित  म्यान अफ दि म्याच बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment