+
+

प्रहरी र स्थानीयबीच झडप, १५ घाईते

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २६ गते १३:५६

२६ फागुन, सिन्धुपाल्चोक । विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न गएका स्थानी र प्रहरीबीच मेलम्चीमा झडप हुँदा एक प्रहरीसहित १५ जना घाइते भएका छन् ।

जिल्लाका सिपापोखरे, भोटसिपा, भिमटार र बाँडेगाउँलाई लोडसेडिङ मुक्त गराउन माग गर्दै मंगलबार प्राधिकरणको कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।

काभ्रेको पाँचखालबाट जोडिएको लाईनबाट बिजुली बालिरहेका ४ गाबिसमा केहि दिन अघि मेलम्ची फिडरबाट लाईन जोडिएको थियो । तर केहि दिन पछि नै समस्या आएको भन्दै मेलम्चीको लाईन काटिएको थियो । अहिले दुबै तर्फको लाईन जोड्न नसक्दा ४ गाबिस अन्धकार छन् ।

जिल्लामा पर्याप्त विद्युतगृह भए पनि आफूहरुले उपभोग गर्न नपाएको भन्दै स्थानीयले लोडसेडिङ मुक्त बनाउन माग गरेका छन् ।
-कूल तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?