Comments Add Comment

गणतन्त्र दिवसको दिन संविधान : देउवा

२७ फागुन, भीमदत्तनगर । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।
sherbahadur deuba
प्रेस युनियन कञ्चनपुरले बुधबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही दिनयता राजनीतिक दलबीच सहमतिको वातावरण बनिरहेकाले जेठ १५ मै नयाँ संविधान जारी हुने सम्भावना रहेको बताए । ‘केही दिनयता सत्तापक्ष र विपक्षबीच सकारात्मक छलफल हुँदै गएको छ,’ उनले भने, ‘दलहरुबीच सहमति हुन सके गणतन्त्र दिवसको दिन संविधान जारी गर्न सकिन्छ ।’

वार्ता र सहमतिका नाममा धेरै समय खेर फाल्न नहुने धारणा राख्दै उनले सहमतिमा विपक्षीहरु नआए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

संघीयताकै कारण संविधान निर्माण प्रक्रिया रोकिएको बताउँदै नेता देउवाले दलहरु पिच्छेका फरक धारणाले संघीयतामा समस्या भइरहेको बताए । ‘केहीका धारणा पूरै तराईलाई मधेसमा गाभ्ने भन्छन्,’ उनले भने, ‘उत्तर-दक्षिणको सीमांकनमा हाम्रो जोड हो ।’

कैलाली, कञ्चनपुरलाई पनि केही पार्टीले टुक्राउन खोज्दा सुदूरपश्चिमका सवालमा पनि समस्या सिर्जना भएको उनको भनाइ थियो । संघीयताका विषयमा सहमति भए संविधान जारी गर्न कुनै समय नलाग्ने नेता देउवाको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment