+
+

सात दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते ९:२३

२८ फागुन, म्याग्दी । एक सातादेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी जवानको शव फेला परेको छ ।

फागुन २० गतेदेखि परिवार र कार्यालयको सम्पर्कमा नरहेका प्रहरी जवान युवराज पौडेलको शव बुधबार पर्वतको खनियाघाटमा कालीगण्डकीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खोजीको क्रममा दिउँसो स्थानीय ट्याक्टर चालकले कालीगण्डकी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव परीक्षणका लागि कुश्मा लगिएको छ ।

पौडेलले लगाएको चप्पल बेनी कालीपुलको कालीगण्डकी किनारमा फेला परेको थियो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

बागलुङको अधिकारी चौर गाविस घर भएका पौडेल तीन वर्षदेखि म्याग्दीमा कार्यरत थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?