+
+

मृगौलालाई स्वस्थ राख्ने ७ परिकार

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते ८:५०

kidneyesमृगौला सरीरको निकै महत्वपूर्ण अंग हो । अस्वस्थकर खानपान तथा जिवनशैलीका कारण पछिल्लो समयमा मृगौला रोगीको संख्या बढिरहेको छ । हामीले खानपान तथा जिवनशैलीमा सावधानी अपनाउने हो भने मृगौलालाई फेल हुनबाट जोगाउन सकिने विज्ञहरुको भनाइ छ । मृगौलालाई स्वस्थ राख्न सहयोग गर्ने केही खानेकुराहरु जो हामीले हाम्रो नियमित भोजनमा सहभागी गराउनुपर्छ ती यसप्रकार छन्-

· क्याप्सिकन- क्याप्सिकन अर्थात् ठूलो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर तथा फोलिक एसिडका साथै भिटामिन बी ६ प्रसस्त मात्रामा पाइन्छ । यसको नियमित सेवनले मृगौलालाई स्वस्थ राख्न मद्दत गर्दछ ।

· बन्दागोभी- बन्दागोभीमा सोडियम, पोटासियम, फस्फोरस जस्ता लवणहरु प्रसस्त मात्रामा पाइन्छ । साथै यसमा पाइने भिटामिन के तथा भिटामिन सी र फाइबर पनि मृगौलाका लागि लाभदायक हुन्छ ।

· काउली- काउलीमा पनि सोडियम, पोटासियम तथा फस्फोरसका साथै मृगौलालाई फाइदा पूराउने भिटामिन सी, फोलेट र फाइबर प्रसस्त मात्रामा पाइन्छ ।

· लसुन- लसुनमा विभिन्न खाले पौष्टिक पदार्थ मात्र नभै औषधिय तत्व समेत पाइन्छ । यसले मृगौलालाई स्वस्थ राख्न र रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न सहयोग गर्छ ।

· प्याज- प्याजमा पर्याप्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टी अक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ । यसले सरीरमा उपापचयन प्रक्रियालाई सन्तुलित बनाउने तथा मृगौलालाई स्वस्थ राख्न मद्दत पूराउँछ ।

· स्याउ- एक मध्यम आकारको स्याउमा १५८ मिलिग्राम पोटासियम तथा १० मिलिग्राम फस्फोरस हुन्छ । त्यसैले यसको सेवनले अन्य खाले स्वास्थ्य लाभ मात्र नभै मृगौलालाई समेत स्वस्थ राख्न सहयोग गर्दछ ।

· स्ट्रबेरी- स्ट्रबेरीमा समेत विभिन्न खाले लवणका साथै एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले मृगौलालाई फाइदा पूराउँछ । एजेन्सी

यो पनि पढ्नुस्

बढि नुन खानु मृगौलाका लागि हानिकारक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?