+
+

१२ बजेसम्म नेपाली चलचित्रको आयू, उठ्दैन पोष्टर टाँसेको रकम

नेपाली चलचित्र चल्छ या चल्दैन भन्ने शुक्रबार १२ बजेको शोमा नै थाहा हुन्छ । पहिलो शोमा नै दर्शकले गर्ने सकारात्मक र नकारात्मक प्रचारले चलचित्रको आयू थाहा हुन्छ । यसरी हेर्दा नेपाली चलचित्रको आयू एक दिन पनि छैन भन्दा हुन्छ । वितरक गोपाल कायस्थ भन्छन्-‘यो बर्ष आजसम्म प्रदर्शनमा आएकामध्ये करिब ६५ वटा चलचित्रले पोष्टर टाँसेको पैसा पनि उठाएका छैनन् । धेरैजसो चलचित्रले शुक्रबार १२ बजे नै दम तोडेका छन् ।’
दर्शक कस्ता चलचित्र चाहन्छन् त, गोपाल भन्छन्-‘दर्शकलाई सुरुदेखि अन्त्यसम्म हेर्दा कतैपनि दिक्क नलाग्ने चलचित्र चाहिएको छ । कथावस्तु भन्दा पनि प्रस्तुतीमा दर्शक रमाएका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते १२:३५

nepali-film
विजय आवाज

नेपाली चलचित्र क्षेत्र बाहिरबाट हेर्दा लाग्छ, यहाँ लागेपछि पैसा ओइरिन्छ । हुनपनि हो, केही चलचित्रका निर्माताले त पैसा राम्रैसँग सोरेका छन् । १२ करोडसम्मको ग्रस कलेक्शन गरेका छन् नेपाली चलचित्रले । २ करोडमाथिको ग्रस कलेक्शन गर्ने चलचित्र पनि छन् । सायद, यही कुरा हेरेर होला, ६ महिनाभित्र नै यत्रो पैसा कमाइन्छ भनेर चलचित्रमा लगानी गर्नेहरुको संख्या धेरै छ ।

बर्षमा १ सय भन्दा बढी चलचित्र बनेका छन् अहिले । हरेक बर्ष चलचित्रको निर्माण बढेको बढै छ । कलाकारदेखि प्राविधीक सबैले काम पाएका छन् । तर, के साच्चिकै बाहिरबाट हेरे जस्तै छ त नेपाली चलचित्रको व्यापार ।

चलचित्रको आयु १२ बजेसम्म

नेपाली चलचित्र चल्छ या चल्दैन भन्ने शुक्रबार १२ बजेको शोमा नै थाहा हुन्छ । पहिलो शोमा नै दर्शकले गर्ने सकारात्मक र नकारात्मक प्रचारले चलचित्रको आयू थाहा हुन्छ । यसरी हेर्दा नेपाली चलचित्रको आयू एक दिन पनि छैन भन्दा हुन्छ ।

वितरक गोपाल कायस्थ भन्छन्-‘यो बर्ष आजसम्म प्रदर्शनमा आएकामध्ये करिब ६५ वटा चलचित्रले पोष्टर टाँसेको पैसा पनि उठाएका छैनन् । धेरैजसो चलचित्रले शुक्रबार १२ बजे नै दम तोडेका छन् ।’

दर्शक कस्ता चलचित्र चाहन्छन् त, गोपाल भन्छन्-‘दर्शकलाई सुरुदेखि अन्त्यसम्म हेर्दा कतैपनि दिक्क नलाग्ने चलचित्र चाहिएको छ । कथावस्तु भन्दा पनि प्रस्तुतीमा दर्शक रमाएका छन् ।’

प्रस्तुती मनपर्ने खालका चलचित्रले व्यापार सुखद नै गरेको उनको भनाई छ । सिंगल हुन् या मल्टिप्लेक्स, सबैतिर यस्तै हालत छ । नेपालमा अहिले कुनै पनि नाम चलेका कलाकारको चलचित्रले गतिलो व्यापार गरेको रेडर्क छैन ।

यो बर्ष ३१ वटा चलचित्र वितरण गरेका कायस्थले भने-‘करिब ६-७ वटा चलचित्रले व्यापार राम्रै गरेका छन् । अरुले नमिठोसँग दम तोडेका छन् । अहिले नेपालमा चल्ने खालका चलचित्र नै नआएको कायस्थको वुझाई छ ।

यता, वितरक प्रदिप उदय भन्छन्-‘करिब ८० प्रतिशत चलचित्रले त पोष्टर टाँसेको पैसा पनि उठाउन छाडेका छन् । काठमाण्डौ बाहिर दैनिक होल्ड ओभर भएकाले पनि चलचित्रले दम चाडै तोडेका छन् । काठमाण्डौमा साप्ताहिक होल्ड ओभर भएकाले पनि औषत चलेका चलचित्र एक हप्तासम्म जर्बजस्ती तन्किएका छन् ।

उदयका अनुसार ८० प्रतिशत चलचित्र ३ दिनमा, १० प्रतिशत चलचित्र एक साता र १० प्रतिशत चलचित्र ३ सातासम्म चलेको रेडर्क छ । जसमध्ये, ८०  प्रतिशत चलचित्रले काठमाण्डौ बाहिरबाट १ लाख पनि उठाएका छैनन् ।

स्टारडम पनि काम लागेन

बजारमा चलेका भनिएका कलाकारको चलचित्रले दम नै तोड्ने भन्ने अवस्था छैन । तर, बर्षमा यीनै कलाकारले चलेको दम्भमा दर्जन बढी चलचित्र खेलिदिदा दर्शकले पनि उनीहरुलाई पत्याउन छाडेका छन् ।

एउटा चलचित्र राम्रै चलेपनि यसपछि उनीहरुको स्टारडमले पनि काम गर्न छाडेको तर्क वितरक प्रदिप उदयको छ । यो बर्षमात्र चलेका भनिएका कलाकार आर्यन सिग्देल, जिवन लुइटेल, पि्रयंका कार्की, नम्रता श्रेष्ठ, निशा अधिकारी, केकी अधिकारी सबैका चलचित्र असफल भएका छन् ।

समस्या के त ?

नेपालमा अहिले स्टारडमले काम गरेको छैन । अर्कोतिर, आफूलाई चलेको कलाकार बताउने कलाकारले जिम्मेवारी नै बहन गरेका छैनन् । कलाकारले बर्षमा मनलाग्दी, जस्ता पनि चलचित्र खेलेर पैसा कमाउने धुनमा लाग्दा यसको असर सोझै बक्स अफिसमा परेको देखिन्छ ।

नेपालमा अहिले महिनामा करिब १२ देखि १५ वटा चलचित्र प्रदर्शनमा आएका छन् । जसका कारणले पनि दर्शक कुन चलचित्र हेर्ने र कुन नहेर्ने अलमलमा देखिएका छन् । वितरक गोपाल कायस्थ भन्छन्-‘चलचित्र चलेन भनेर कराउनुको अर्थ नै छैन । दर्शकले नै थाहा नपाउने गरि यहाँ चलचित्र प्रदर्शनमा आएकाले पनि यस्तो अवस्था आएको हो ।’

बजारमा केही मात्रामा बज बनाएका चलचित्रको अवस्था कमजोर भएपनि, कन्तविजोग भने छैन । वितरक उदयका अनुसार चलचित्र नचल्नुको पछाडि संख्यात्मक बृद्धी नै हो । उनी भन्छन्-‘ पहिलो कुरा चलचित्रमा यती धेरै कलाकारले अभिनय गरे कि, दर्शकले पनि उनीहरुलाई चिन्दैनन् । अर्कोतिर, हप्तामै यती धेरै ट्रेलर आउँछन् कि, दर्शक नै झुक्किन्छन् ।’ यो बर्ष चैत्रसम्म आइपुग्दा ४२ वटा चलचित्र वितरण गरेको ‘एफडी कम्पनी’ले ८० प्रतिशत चलचित्रले पोष्टर टाँसेको पैसा पनि नउठेको जानकारी दिएको छ ।

संख्या घट्नु आवश्यक
काठमाण्डौ बाहिर नेपाली चलचित्रको व्यापार साह्रै नै दुखद भएको रंग पत्रकारहरु बताउँछन् । एकातिर कलाकारलाई दर्शकले नचिन्नु, अर्कोतिर चलचित्र धेरै बन्नुले पनि चलचित्रको व्यापार साह्रै नै चिन्ताजनक अवस्थामा रहेको पत्रकारहरुको तर्क छ । नेपाली चलचित्र संख्यात्मक भन्दा गुणात्मक रुपमा अगाडि बढ्न जरुरी छ ।

कलाकारले पनि दर्शकसम्म आफूलाई चिनाउने सोच राख्नुपर्छ । काठमाण्डौका केही पाँच तारे होटल र फेशन शोमा हिड्दैमा, फेसबुकमा फ्यान संख्या बढ्दैमा आफू स्टार भएको दम्भ कलाकारले राख्दा पनि यस्तो अवस्था आएको हो । यसैले पनि कम तर स्तरिय चलचित्र बनेको खण्डमा नेपाली चलचित्र क्षेत्र उभो लाग्ला । होइन भने, कुनै  दिन नेपाली चलचित्र पनि थियो भन्ने अवस्था नआउला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?