+
+

ग्लोबल आइएमइ बैंकको ८५ औं शाखा कालिकोटमा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते १७:२०

Globalime१ चैत काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि कणर्ालीको कालिकोटको मान्मामा ८५औँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको उदघाटन राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले गरे ।

सो अबसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीकोट जिल्लामा धेरै पहिलेदेखि बैंकको आवश्यकता महसुस भई आएको कारण ग्लोबल  आइएमई बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा,कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट कालीकोट क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिप जंग पाण्डे पनि उपस्थित थिए ।

निजी क्षेत्रबाट सञ्चालित कुनैपनि व्यवसायीक बैंकहरुको शाखा नरहेको कालिकोट जिल्लामा शाखा विस्तार गर्ने ग्लोबल आइएमई बैंक पहिलो बैंक हो ।

मान्मा शाखासँगै देशभर बैंकका ८५ शाखा, ८८ एटीएम, ३३  शाखारहित बैंकिङ्ग सेवा तथा ५ लाख भन्दा बढी ग्राहक रहेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?