+
+

८ वर्षपछि विश्पकपमा पाकिस्तानी ब्याट्सम्यानको पहिलो शतक

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते २०:१४

Sarfraz-Ahmed

सर्फराज अहमद विश्वकप क्रिकेट २०१५ मा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आयरल्याण्डलाई ७ विकेटले पाजित गर्दा ओपनर अहमदले शतक बनाए । यो उनको एकदिवसीय क्रिकेट करियरकै पहिलो शतक समेत हो । साथै विश्वकपमा २००७ पछि पाकिस्तानी ब्याट्सम्यानले बनाएको पहिलो शतक समेत हो ।

विश्वकपको अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको यात्रा तय गरेको पाकिस्तानका कुनै पनि ब्याट्म्यानले न समूह चरणमै न त क्वार्टरफइनल र सेमिफाइनलमा शतक बनाए ।

आइतबार आयरल्याण्डविरुद्ध १०१ रनमा अविजित रहेका उनी सन् २००७ को विश्वकपपछि विश्वकपमा शतक बनाउने पहिलो पाकिस्तानी ब्याट्सम्यान समेत बनेका छन् ।

यसअघि विश्वकप २००७ मा समूह चरणबाटै बाहिरिएको पाकिस्तानका लागि इमरान नजिरले एकमात्र शतक बनाएका थिए । उनले जिम्बाबेबिरुद्ध १६० रन बनाएका थिए ।

यो विश्वकपमा भने समूह चरणको खेलमा युएईबिरद्ध अहमद सेहजादले सर्वाधिक ९३ रन बनाएका थिए ।आयरल्याण्डबिरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका उनले १२४ बलको सामना गरी ६ चौकासहित १०१ रनमा अविजित रहे ।

उनले अर्का ओपनर अहमद शेहजादसँग पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे । जुन, जारी विश्वकपमा पाकिस्तानको ओपनिङको सबैभन्दा राम्रो साझेदारी समेत हो ।

उनले तेस्रो विकेटका लागि पनि कप्तान मिस्बाह उलहकसँग ८२ रनको महत्वपूर्ण साझेदारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?