+
+

मन्त्री जोशीको सम्पत्ति : काठमाडौं र बझाङमा ३ घर, ४३ लाख रुपैयाँ ऋण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १६:२८

८ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको सम्पत्ति विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, मन्त्री जोशीले जयराज जोशीको नाममा बझाङमै २ रोपनी क्षेत्रफलमा बनेको पैत्रिक घर पनि उल्लेख गरेका छन् । छ भने काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर छ ।

त्यस्तै बझाङमै जयराज जोशीको नाममा जग्गा छ । त्यसको स्रोत भने बुवाको ३ वटै भाइहरुबाट आएको मन्त्री जोशीले उल्लेख गरेका छन् । काठमाडौंको चन्द्रागिरीमा ४ आना २ दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ । १३ लाख रुपैयाँमा तलबबाटै किनेको जोशीले उल्लेख गरेका छन् ।

मन्त्री जोशीले ४ तोला सुन भएको उल्लेख गरेका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रहेको उक्त सुन पैत्रिकसहित बिहेमा दाइजो पाएको उल्लेख गरेका छन् । त्यस्तै, लोकेन्द्र जोशीको नाममा ८८.६६ ग्राम, निर्मला कोइरालाको नाममा ३९ ग्राम सुन र त्यसको स्रोत पैत्रिक देखाएका छन् ।

मन्त्री जोशीले ६० तोला चाँदी रहेको र त्यो पैत्रिक भएको उल्लेख गरेका छन् ।

आफ्नो नाममा बैंकमा १ लाख मौज्दातमात्रै भएको सम्पत्ति विवरण बुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्जमा भएको खातामा उनले तलब भत्ताबाट १ लाख रुपैयाँ जम्मा गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, नेपाल बैंकमा जयलक्ष्मी जोशीको नाममा ५ हजार, निर्मला कुमारी कोइरालाको नाममा लक्ष्मी सनराइज बैंकमा १ हजार र ग्लोबल बैंक ५० हजार रुपैयाँ मौज्दात देखाएका छन् । त्यसको स्रोत पनि तलबभत्ता नै उल्लेख गरिएको छ ।

विजय जोशीको नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार र लोकेन्द्र जोशीको नाममा एभरेस्ट बैंकमा ८ हजार मौज्दात रहेको सम्पत्ति विवरण मन्त्री जोशीले बुझाएका छन् ।

जयलक्ष्मी देवी जोशीको नाममा रगुनखोलामा ८ लाख रुपैयाँको सेयर खरिद गरेको मन्त्री जोशीले उल्लेख गरेका छन् । उक्त रकमको स्रोत जग्गा बिक्रीवापत प्राप्त भएको उल्लेख गरेका छन् ।

मन्त्री जोशीले आफ्नो सम्पत्ति विवरणमा ४३ लाख रुपैयाँ ऋण उल्लेख गरेका छन् । तर, त्यो ऋण पनि जयलक्ष्मी देवी र निर्मला कोइरालाको नाममा छ । उनले उक्त ऋणबाट ३ लाख १० हजार रुपैयाँ तिरेको पनि जानकारी दिएका छन् । त्यस्तै, निर्मलाकुमारी कोइरालासँग आमाबुवाले दिएको एउटा स्कुटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?