Comments Add Comment

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

२ चैत, नेपालगन्ज । बाँकेको कचनापुरमा मोटरसाईकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको रा २ प ५०५४ नम्बरको मोटरसाईकल सोमबार दिउसो साढे १ वजे अनियन्त्रीत भई दुर्घटना हुदा दाङ घोराही नगरपालिका ११ बस्ने २२ वर्षीय खेमराज रोकायको मृत्यु भएको हो ।

मोटरसाईकलमा पछाडि सवार सोहि ठाउँका १८ वर्षीय शरद चौधरी गम्भिर घाईते छन् । उनलाई उपचारको लागि मेडीकल कलेज कोहलपुर पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment