Comments Add Comment

सोनाक्षीले पाइन् खत्तम अवार्ड

अर्जुन कपुर-सोनाक्षी
अर्जुन कपुर-सोनाक्षी

मुम्बई । वलिउडमा राम्रो काम गरेरमात्र अवार्ड पाइंदैन, खत्तम काम गरे पनि अवार्ड दिने चलन छ । यो बर्ष पनि खत्तम अवार्ड नायिका सोनाक्षी सिन्हाले नै पाएकी छिन् । लगातार तेस्रो पटक सोनाक्षीले खत्तम अवार्ड पाएकी हुन् । मुम्बईमा भएको ‘गोल्डेन केरा’ अवार्ड अन्तर्गत उनले यो अवार्ड पाएकी हुन् ।

सोनाक्षीले हिन्दी फिल्म ‘एक्सन ज्याक्सन’ मा अभिनय गरेवापत यो अवार्ड पाएकी हुन् । नायक अर्जुन कपुरले ‘गुण्डे’ वाट खराब नायकको उपाधि पाए । प्रभु देबाले ‘एक्सन ज्याक्सन’वाट खराब निर्देशकको अवार्ड पाए ।

सोही समारोहमा सबै भन्दा खराब फिल्मको अवार्ड साजिद खानको ‘हमशकल्स’ लाई दिईएको थियो । यो अवार्ड सुरु भएको सात वर्ष भयो । यसवर्ष खराब अवार्ड पाउनेहरु यस्ता छन् ।

खराब नायकः अर्जुन कपुर (गुण्डे)
खराब नायिकाः सोनाक्षी सिन्हा (एक्सन ज्याक्सन र होलिडे)
खराड डेब्युः टाईटर श्राफ (हिरोपन्ती)
खराब निर्देशकः प्रभु देवा (एक्सन ज्याक्सन)
खराब फिल्मः हमसकल्स
खराब गीतः ब्लू है पानी पानी (यारिया)
सबै भन्दा धेरै विवादास्पद फिल्मः पिके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment