Comments Add Comment

हजका लागि पुरुषभन्दा महिलाको आवेदन धेरै

आरपी सुवेदी
४ चैत, नेपालगन्ज । ईस्लाम धर्मावलम्वीहरुको जीवनमा गर्नै पर्ने महत्वपूर्ण धार्मिक कार्य ‘हज’ का लागि बाँकेबाट अहिलेसम्म ५४ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा ३० महिला र २४ पुरुष छन् ।

Haj-Commete-Banke

  • बाँकेका हजयात्री । फाइल : तस्वीर

नेपालबाट साउदी अरबको मक्का मदिना हज गर्न जाने हजयात्रीको लागि सरकारले चैत ३० गतेसम्म आवेदन खुला गरेको छ ।

‘अहिलेसम्म बाँकेका मात्र ३० महिला र २४ पुरुष गरी ५४ जनाले आवेदन र पैसासमेत जम्मा गरिसकेका छन्,’ हज कमिटीका सदस्य हाजी मो. हलिम अन्सारीले भने ।

हजमा जानका लागि आवेदन फारम सहित १ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।

हजका लागि जान चाहने नेपाली मुसलमानहरुले स्थानीय जिल्ला प्रशासन मार्फत वा सरकारले गठन गरेको केन्द्रीय हज कमिटी मार्फत आवेदन दिने व्यवस्था मिलाईएको छ । ग्रामिण क्षेत्रका मुसलमानहरुलाई हजको लागि आवेदन दिन सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयमा र घरमै पनि फारम उपलब्ध गराइएको छ ।

यो वर्ष साउदी अरेवीयाले एक हजार नेपाली मुसलमानहरुका लागि कोटा निर्धारण गरेको छ । त्यसैको आधारमा जिल्ला जिल्लामा आवेदन संकलन भैरहेको छ ।

चैतको अन्तिम हप्तासम्म कोटा पूरा भए आवश्यक प्रक्रिया अघि बढाउँदै जाने र कोटा पुग्न नसके पुनः केहीदिन आवेदनको लागि समय बढाउने हज कमिटी सदस्य अन्सारीले बताए ।

उनले तोकिएको कोटा भन्दा बढी आवेदन आएमा परराष्ट्र मार्फत कोटा बढाउन पहल गर्ने जानकारी दिए । गतवर्ष ८ सयकोटा तोकिए पनि आवेदन बढेकोले पछि कोटा बढाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment