Comments Add Comment

राष्ट्रपति, प्रधानमन्त्री र सभामुख चितवन जाने

४ चैत, काठमाडौं ।  राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ र प्रधानन्यायाधीश रामकुमारप्रसाद साह विहीबार चितवनको रत्ननगर जाने भएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल बार एशोसिएसनले आयोजना गरेको तेह्रौं राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्र प्रमुख, सरकार प्रमुख एवं संवैधानिक ओहोदाका उच्चपदस्थहरु चितवन जान लागेका हुन् ।

नेपाल बारले विपक्षी दलका नेता प्रचण्डलाई समेत सम्मेलनको निम्तो दिएको छ । तर, प्रचण्ड जाने, नजाने अझै अनिश्चित रहेको उनको सचिवालयले जनाएको छ ।

सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र राप्रपा अध्यक्ष पशुपति समशेर जबरालाई पनि निम्त्याइएको छ ।

वार्ता र सहमतिबाट भागिरहेका सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई एकै ठाउँमा भेला गराएर राजनीतिक निकासका लागि छलफल गर्न आग्रह समेत गरिने बारका एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।
९० कार्यपत्र प्रस्तुत गरिने

नेपाल बार एशोसिएसनले आफ्नो ३ वर्षे कार्यकालको समीक्षासहित राष्ट्रिय सम्मेलन गर्न लागेको हो । नेपाल बारको प्रचलनअनुसार सम्मेलनको उदघाटन राष्ट्रपतिले गर्नेछन् ।

विहीबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा समग्र न्यायपालिकाको मूल्यांकन गरिने र विभिन्न ९ वटा विषयमा ९० वटा कार्यपत्र प्रस्तुत हुने  नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले अनलाइनखबरलाई बताए ।

तीन दिनपछि घोषणापत्रका रुपमा अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै सकिने सम्मेलनको समापन कानूनमन्त्री नरहरि आचार्यले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment