+
+

नौबुँदे प्रस्तावमा लचिलो हुन तयार छौं : रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ४ गते १४:२१

४ चैत, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले नौबुँदे प्रस्तावमा लचिलो हुन तयार रहेको बताएका छन् ।

minendra-riajalतर, कांग्रेस-एमाले सहितका दलहरुको दुई तिहाई मतलाई रद्दीको टोकरीमा राखेर संविधान बन्न नसक्ने उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री रिजालले सबैलाई स्वामित्व ग्रहण गर्ने वातावरण बनाउने प्रयत्न स्वरुप बार्ता भएको भन्दै सदासयतालाई कमजोरी नठान्न चेतावनी दिए ।

संघीयताको विषयमा विपक्षी दलका नेताहरुले धेरै विकल्प प्रस्तुत गरिसकेको भन्दै उनले अब त्यसमा छलफल गरेर सहमति गर्न सकिने दावी गरे । उनले भने-‘काग्रेस र एमालेले प्रस्तुत गरेको नौ बुँदे प्रस्तावमा लचक हुन हामी तयार छौं । अब धेरै विवादहरु बाँकी छैनन् ।’

कांग्रेस नेता समेत रहेका मन्त्री रिजालले विगतमा भएका सहमति आफूहरुले मानेको र पुराना सहमतिकै आधारमा नौबुँदेमा संघीयताको खाँका बनाएको दावी गरे । विपक्षीहरुलाई त्यस्तो नलागेको भए ब्याख्या गर्ने स्थान संविधानसभा भएकोले त्यहाँ आएर छलफल गर्न उनले सुझाव दिए ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले विगतका सहमति सम्झौता कार्यान्वयन गरे आन्दोलनको आवश्यकता नपर्ने बताए ।

सत्तापक्षसँग दुई तिहाई बहुमत भए संविधान बनाउन चुनौति दिँदै उनले जनताको कुरा नसुन्ने र सहमति कार्यान्वयन नगरे विद्रोह हुने दावी गरे । यादवले भने-‘विगतका आन्दोलन र सम्झौता अनुसार संविधान बनाएर जनताले हाम्रो आन्दोलनमा साथ दिदैन नभए जनताले हामीलाई साथ दिन्छन् ।’

विगतमा भएका सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो भए फुकाउन आफूहरु वार्तामा बसेको भन्ैदै उनले वार्तामा बस्नेहरुले नै सहमति गर्नुको साटो आफूहरुलाई अपमानित बनाएर निकाल्ने काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?