Comments Add Comment

भारतबाट कपडा ल्याउने चार पक्राउ

सलमान खान
४ चैत, भैरहवा । अवैधरुपमा भन्सार छलेर नेपालमा कपडा भित्र्याएको भन्दै रुपन्देही प्रहरीले चारजनालाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

Kapada-Baramad-Bhairahawa-F

  • पक्राउ परेकाहरुलाई सार्बजनिक गर्दै प्रहरी

कपडा ल्याएवापत पक्राउ पर्नेहरुमा सिद्धार्थनगर-६ का २२ वर्षीय प्रमोद पाल, ३५ वर्षीय जगदीश पासवान, ५० वर्षीय ईनुस मुसलमान र ४० वर्षीय चन्द्रिका दुषाद छन् ।

रुपन्देही प्रहरीले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी बरामद कपडा र पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ ।

उनीहरुले भैरहवाको दोगहरी नाकाबाट चार लाख मूल्य बराबरका विभिन्न किसिमका ३ सय ६७ थान नेपाल ल्याएका थिए । कपडा अवैध भएकाले बरामद गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले बताए ।

पक्राउ परेका व्यक्तिमाथि भन्सार चोरी पैठारीअन्र्तगत मुद्दा चलाइने एसपी ढकालले बताए ।

चार व्यक्तिले ल्याएको कपडा सिद्धर्थनगर-६ निवासी रामअवतार नामक व्यक्तिको रहेको पक्राउ परेका व्यक्तिहरुले पत्रकार सम्मेलनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment