Comments Add Comment

पत्रकार क्षेत्रीलाई किरात राई पत्रकार संघको आर्थिक सहयोग

५ चैत, काठमाडौं । ब्रेन ट्युमरबाट पीडित नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचारका लागि किरात राई पत्रकार संघले आर्थिक सहयोग गरेको छ ।
Suryakumar
युनियनको केन्द्रीय कार्यालयमा बिहीवार एक कार्यक्रमकाबीच किरात राई पत्रकार संघका अध्यक्ष भिषण राईले सचिव क्षेत्रीलाई ११ हजार १ सय रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।

प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा किरात राई पत्रकार संघका अध्यक्ष भिषण राईले एउटा श्रमजिवी पत्रकार समस्यामा पर्दा सबैले मिलेर सकेको सहयोग गर्नु पर्ने वताए ।

कार्यक्रममा सचिव क्षेत्रीले आफू समस्यामा पर्दा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए । काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया पश्चात झन्डै ४२ दिन भारतको विएलके अस्पतालमा थप उपचार गराएर नेपाल फर्किएका क्षेत्री बिहीबार दिउँसो फलो अपका लागि पुनः भारत जाँदै छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment