Comments Add Comment

भतिजीको हत्या गरी आत्महत्या

५ चैत, झापा । झापाको वाहुनडाँगीका एक व्यक्तिले भतिजीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् ।

विहीवार विहान ८ बजेतिर वाहुनडाँगी ९ का ३४ वर्षीय उमेश राईले माइला दाजुकी छोरी २० वर्षीया अनिता राईको घाँटी रेटेर हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेका हुन् ।

भतिजीको हत्या गरेलगत्तै उनले नजिकै रहेको आँपको रुखमा गएर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी विश्वमणी पोख्रेलले बताए ।

त्यसअघि उनले भान्सामा काम गरिरहेकी भतिजी अनिताको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।

हत्या र आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । काका भतिजी दुवैको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment