Comments Add Comment

प्रधानमन्त्रीलाई कृत्रिम अक्सिजन

Susil-koirala६ चैत, काठमाडौं । प्रधामन्त्री सुशील कोइराला शरीरमा अएक्कासि अक्सिजनको मात्रा घटेपछि अस्वस्थ भएका छन् । केही दिनदेखि रुघाखोकीले च्यापेका कोइरालाको रगतमा अक्सिजनको मात्रा हुनुपर्नेभन्दा कम पाइएपछि उनले कृत्रिम अक्सिजन लिन थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘रुघाखोकीले गर्दा रगतमा अक्सिजनको मात्रा केही घटेको हो,’ प्रधानमन्त्रीका निजी चिकित्सक करिवीनाथ योगीले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था ठीक छ ।’

कोइराला बिरामी परेपछि दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकिएको मन्त्रिपरिषदको बैठक बालुवाटारमा सारिएको थियो । केहीदिनदेखि कोइराला अस्वस्थ्य देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment