Comments Add Comment

कपिलवस्तुमा ६ वर्षीया बालिका बलात्कृत

६ चैत, कपिलवस्तु । बाराकी बलात्कृत बालिका पूजा साहको मृत्यु भएको घटना सेलाउन नपाउँदै कपिलवस्तुमा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

rape victimबहादुरगञ्जकी ६ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बालिकालाई बलात्कार गरेको अभियोगमा बहादुरगञ्ज ५ का १९ वर्षीय किशोर पक्राउ परेका छन् ।

प्लाइउडको काम गर्ने उनले बालिकालाई ललाई फकाई खलियानको परालमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको कपिलवस्तु जिल्लाका डिएसपी मनोज कुमार यादवले बताए ।

उनले घटनाको जाहेरी दर्ता गरेर कार्यवाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment