Comments Add Comment

रुपातालदेखि रुपाकोट रिसोर्टसम्म ‘रोयल हाइक’ शुरू

Rupakot-Resort-Pokhara-6

सन्देश श्रेष्ठ

६ चैत, पोखरा । कास्कीको लेखनाथस्थित रुपा तालदेखि चिसापानी डाँडासम्म पुग्ने ‘रोयल हाइक’ शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय निर्देशक दिनेशकुमार थपलियाले शुक्रबार आफै हिँडेर ‘रोयल हाइक’को उद्घाटन गरे ।

स्थानिय रुपाकोट रिसोर्ट र रुपाकोट टुर्स एण्ड ट्राभल्सको पहलमा ‘रोयल हाइक’ सुरु गरिएको हो । डाँडै-डाँडा हिँडेर करिव दुई घण्टामा पुगिने ७ किलोमिटर लामो हाइकिङ रुटबाट पोखरा र लेखनाथको सुन्दर शहर तथा फाँट हेर्न पाइन्छ ।

बेल्जियमका गैरआवासिय नेपाली पुष्प अधिकारीले करिव ३० करोड लगानीमा यहाँ सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । ग्रामिण क्षेत्रमा खोलिएको रिसोर्ट र हाइकिङले रुपाकोट क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने क्षेत्रीय प्रशासक थपलियाले विश्वास व्यक्त गरे ।

पोखराबाट हाइकिङ सुरु हुने ठाउँ २२ किलोमिटर दूरीमा रहेको छ । हाइकिङ भिमसेन डाँडा हुँदै किराको खोर, कोटभैरव मन्दिर, थाल भञ्ज्याङ्ग हुँदै चिसापानीस्थित रुपाकोट रिसोर्टमा पुगेर टुंगिन्छ ।

जंगल क्षेत्र हुँदै गरिने हाइकिङबाट लेखनाथमा रहेका ७ वटा तालहरु हेर्न पाइने रिसोर्ट सञ्चालक अधिकारीले बताए । यसका साथै आँखै अगाडि मनोरम हिमाली श्रृफ्ला, गाउँले जीवन तथा पशुपन्छीहरुको पनि अवलोकन गर्न पाइन्छ ।

प्याकेज उपलब्ध

रुपाकोट टुर्स एण्ड ट्राभल्सले प्याकेजमै ‘रोयल हाइक’ लैजाने जानकारी दिएको छ । नेपालीका लागि प्रतिव्यक्ति ४ हजार, भारतीयका लागि ५ हजार र विदेशी नागरिकका लागि ६ हजार रुपैयाँमा प्याकेज उपलब्ध गराउने अधिकारीले बताए ।

यो प्याकेजमा पोखराबाट अप-डाउनको सुविधासहित खाना तथा खाजाको व्यवस्था हुन्छ । हरेक दिन विहान ८ बजे पोखराबाट हाइकिङका लागि प्रस्थान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment