Comments Add Comment

रियल र एथलेटिको मड्रिड क्वार्टरफाइनलमै भिड्ने

Atletico Madrid vs Real Madrid

६ चैत, काठमाडौं । चिरप्रतिद्वन्द्वी रियल मड्रिड र एथलेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक गरिएएको छ । जसमा साविकको विजेता रियलले घरेलु प्रतिद्वन्द्वी मड्रिड पाएको छ ।

गत सिजन उपाधि जित्ने क्रममा रियल मड्रिडले एथलेटिको मडि्रडलाई ४-१ ले पराजित गरेको थियो । तर, यो सिजन भएका अधिकांश भेटमा एथलेटिको मड्रिडले रियल मडि्रडलाई हराउँदै आएको छ ।

अर्को स्पेनिस क्लब बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रतिद्वन्द्वी पाएको छ । सन् २०१३ मा पनि बार्सिलोना र पीएसजी क्वार्टरफाइनलमा भिठडेका थिए । बार्सिलोना अवे गोलका आधारमा सेमिफाइनलसम्म पुगेको थियो ।

बार्यन म्युनिखले एफसी पोर्टो र युभेन्टसले मोनाको प्रतिद्वन्द्वी पाएको छ । क्वार्टरफाइनलको पहिलो लेग अपि्रल १४ र १५ तथा दोस्रो लेग २१ र २२ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment