Comments Add Comment

हारपछि पनि बैतडी सेमिफाइनलमा

Pradeep-Airee

७ चैत, काठमाडौं । राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्षेत्र नम्बर ६ बैतडीलाई २४३ रनले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब समूह विजेता बनेको छ ।

यसअघि नै सेमिफाइनल पुगेको एपीएफ ४ खेलबाट ८ अंकका साथ समूह बीको शीर्ष स्थानमा छ । हारका बावजुत बतडी समूह उपविजेता बनेर सेमिफाइनल पुगेको छ । क्षेत्र नम्बर ४ भैहरवाको समान ४ अंक भए पनि रन रेटका आधारमा बैतडी अघिल्लो चरणमा पुग्यो ।

पुल्चोकमा पहिले ब्याटिङ थालेको एपीएफले ४९.१ ओभरमा सबै विकेट गुमाएर ३१० रन बनायो । ओपनर परेश लोहनीलाई २ र सुवास खकुरेललाई ४ रनमा गुमाएको एपीएफको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हाले ।

प्रदिप ऐरीलेे ७९ र दिपेन्द्र चौधरीले ६९ रन बनाए । पृथु बास्कोटाले ५३ रनको योगदान दिए । बसन्त रेग्मीले २६ र आरिफ शेखले २३ रन जोडे ।

बैतडीका योगेन्द्र कार्कीले चार तथा कमल ऐरीले ३ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको बैतडी १८.४ ओभरमा ६७ रन जोड्दा अलआउट भयो । उसका लागि सन्तोष भट्टले १८ र रविन चन्दले १६ रन जोडे । चार ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् भने चार ब्याट्सम्यान शून्यमा नै आउट भएका थिए ।

बैतडीलाई सस्तैमा समेट्ने क्रममा योगेन्द्र कुमालले चार विकेट लिए । प्रदिप ऐरीले ३ र बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए ।

यसैबीच सेमिफाइनल समिकरण पुरा भएको छ । समूह एको विजेता आर्मीले क्षेत्र नम्बर ६ बैतडीलाई प्रतिद्वन्द्वी पाएको छ भने एपीएफले समूह एको उपविजेता वीरगञ्जसँग खेल्नेछ ।

सेमिफाइनल खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment