Comments Add Comment

कार दुर्घटनामा गृहमन्त्रीका स्वकीय सचिव घाइते

८ चैत, सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा परी उपप्रधान तथा गृहमन्त्री वामदेव गाैतमका स्वकीय सचिव विजयराज विष्ट घाइते भएका छन् । विष्टलार्इ उपचारका लागि बिएण्डबी अस्पतालमा ल्याइएको छ ।

बिष्टको टाउको र छातीमा चोट लागेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रायपुरस्थित रुपनीमा शनिबार राति कार दुर्घटना हुँदा विष्टसहित सप्तरी एमालेका उपसचिव अशोक यादव पनि घाइते भएका छन् ।

सप्तरीको बरमझियाबाट काठमाडौँ अाउँदै गरेको बा १ झ ८५२४ नम्बरको कार टायर पड्किएर  अनियन्त्रित भर्इ दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment