Comments Add Comment

राष्ट्रपतिलाई भेट्नुपूर्व प्रचण्ड र गच्छदारवीच छलफल

Prachanda-with-gachhadar
८ चैत, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले विभिन्न् दलका नेताहरुलाई शीतलनिवास बोलाएपछि पछिल्लो राजनीतिक परिस्थितिबारे एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारवीच छलफल हुने भएको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार आइतबार बिहान प्रचण्डलाई भेट्न लाजिम्पाटतर्फ निस्किइसक्दा प्रचण्डचाँहि बुद्धनगरस्थित वैद्य माओवादीको कार्यालयमा वार्तामा व्यस्त थिए ।

बुद्धनगर बैठकपश्चात लाजिम्पाटमा गच्छदारसँग भेटेपछि खाना खाएर प्रचण्ड फेरि पााच माओवादीको कार्यक्रममा जुट्ने व्यस्त कार्यतालिका रहेको स्रोतले बतायो ।

राष्ट्रपति डा. रामवरण यादवले आइतबार अपरान्ह शीतलनिवासमा विभिन्न दलका शीर्षनेताहरुलाई छलफलका  लागि बोलाएका छन् । राष्ट्रपतिले विहीबारदेखि हुने आफ्नो चीन भ्रमण र समसामयिक राजनीतिबारे नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

आन्दोलन सुरु भएपछिमात्रै प्रचण्ड चीनबाट फर्कने

यसैवीच सोमबार अपरान्ह एमाओवादी अध्यक्ष प्रचण्ड चीन जाँदैछन् । चैत ११ गते दोस्रो चरणको आन्दोलन सुरु भएपछि मात्रै उनी चीनबाट फर्कने कार्यक्रम छ ।

संविधानसभानका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनिितक सहमति कायम गरेरमात्रै विदेश भ्रमणमा जान प्रचण्डलाई आग्रह गरे पनि सोमबार अपरान्ह ३ बजेभित्र प्रचण्ड एयरपोर्ट पुग्नुअघि सहमति भइहाल्ने स्थिति देखिँदैन ।

तर, शीतलनिवासमा आज राष्ट्रपतिको रोहवरमा हुने छलफलले केही निश्कर्ष निस्कने अनुमान केही नेताले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment