Comments Add Comment

एमालेको युवा संघमा समानान्तर कमिटी गठन

८ चैत, काठमाडौं । नेकपा एमालेको प्रभावशाली भातृ संगठन युवा संघ नेपाल बिभाजित भएको छ । माधव नेपाल पक्षधरको काठमाडौंमा आइतवार भएको भेलाले दिलु पन्तको संयोजकत्वमा समानान्तर समिति गठन गरेपछि युवा संघ बिभाजित भएको हो ।

Dilu-pabta

पार्टीका नेताहरुको समेत उपस्थितिमा भएको भेलाले दिलु पन्तको संयोजकत्वमा युवा संघ नेपाल बैचारिक सांगठनिक रुपान्तरण अभियान गठन गरेको हो ।

देशव्यापी अभियान चलाउने

पन्तले युवा संघ फुटेको भन्दा पनि आफूहरुले देशव्यापी रुपमा युवा संघको एकीकृत अभियान चलाउन नयाँ कमिटी गठन गरेको बताइन् ।

अध्यक्ष महेश बस्नेतले राजिनामा दिएर निरु पाललाई उपाध्यक्ष बनाएपछि उपाध्यक्ष दिलु पन्त सहित माधव नेपाल पक्षधर युवा संघका नेताहरुले त्यसको बिरोध गरेका थिए ।

आफूहरुले आइतवार राष्ट्रिय भेलामार्फत केही केन्द्रीय बिभागका सचिव, अन्चल कमिटीका पदाधिकारी र जिल्ला अध्यक्षहरु समेत हेरफेर गरेर नयाँ कमिटी बनाएको उनले बताइन् ।

सोमवार सचिवालयको बैठक बसेर युवा संघका नयाँ कार्य समिति र योजना सार्वजनिक गरिने पन्तले बताइन् । संस्थापन पक्षले हेटौंडामा बिस्तारित बैठक राखेर पार्टी निर्देशन उल्लंघन गरेकाले आफूहरुले पनि राष्ट्रिय भेला गरेर क्रियाको प्रतिक्रिया दिएको पन्तको दावी छ ।

युवा संघको समानान्तर कमिटी गठन गर्ने भेलामा माधव नेपाल पक्षधर एमाले नेताहरु बेदुराम भुषाल, परशुराम मेघी गुरुङ, राजेन्द्र राई, रामकुमारी झाँक्री प्रकाश शाह, निरज आचार्य, रचन खड्का लगायत सहभागी थिए ।

संस्थापन पक्षको बिस्तारित बैठक हेटौंमा जारी छ । पार्टीको निर्देशनपछि युवा संघ संस्थापन पक्षले युवा परिषद भेला स्थगित गरी विस्तारित बैठक राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment