+
+

भेटेरिनरी एशोसिएसनले बालुवाटारमा धर्ना दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ८ गते १०:०२

८ चैत, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ ।

नेपाल पशु चिकित्सा परिषद् ऐनको संशोधित मस्यौदा अघि बढाएको विरोधमा संघले सोमबार बालुवाटारमा धर्ना दिने र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो ।

भेटेरिनरी पेशाको हित विपरित पशु चिकित्सा परिषद् संशोधन गर्न लागेको भन्दै संघले त्यसलाई रोक्न माग गरेको छ । साथै मेडिकल काउन्सिलमा मेडिकल डाक्टरहरु मात्र भए जस्तै भेटेरिनरी काउन्सिलमा भेटेरिनरी डाक्टरहरु मात्र रहने व्यवस्था स्थापित गराउन माग गरेको छ ।

आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलित हुन र भेटेरिनरीयनहरु नेपाल पशु चिकित्सा परिषद्मा दर्ता नहुने समेत चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?