Comments Add Comment

खै त राम्रा चलचित्र चलेका ?

nepali-nice-film
नेपालमा बर्षेनी १ सय भन्दा बढी चलचित्र त निर्माण भएका छन् । तर, व्यापारको कुरा गर्ने हो भने सुख्खा नै छ । न त कलाकारको अनुहार, न त पोष्टर केही पनि बिकेका छैनन् । दर्शक हलसम्म आउन छाडेका छन् ।

समिक्षकदेखि चलचित्रकर्मीले समेत तारिफ गरेका चलचित्रले पनि व्यापारिक रुपमा कमजोर व्यापार गरेका छन् । गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘मोक्ष’ले खुबै राम्रो तारिफ पायो । चलचित्र हेरेका समिक्षकदेखि चलचित्रकर्मीले निर्देशकको खुबै तारिफ गरे । यो चलचित्रले अवार्ड पनि राम्रै पायो । तर, चलचित्र चलेन । चलचित्रको कमजोर व्यापारले निर्मातालाई सुख दिन सकेन ।

खुबै तारिफ बटुलेका चलचित्रले हलमा दर्शक तान्न सकेका छैनन् । यो एउटा सोचनिय बिषय हो । यो बर्ष हालसालै प्रदर्शनमा आएको चलचित्र ‘झिग्राना’ले पनि खुबै तारिफ पाएको थियो । चलचित्र राम्रो बनेको पनि थियो । तर, हलसम्म दर्शक आएनन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘माला’को व्यापार पनि यस्तै छ ।

निर्देशक सुदिप भुपाल सिंह काठमाण्डौका केही मल्टिप्लेक्समा अन्य चलचित्रको तुलानामा व्यापार राम्रो भएको बताउँछन् । तर, सिंगल हलमा प्रचारको अभावका कारणले दर्शक नआएको उनले स्विकार गरेका छन् । ‘माला’लाई यो बर्षकै उत्कृष्ट चलचित्र भनेका छन् समिक्षकले । चलचित्र हेरेका सबैले यसको तारिफ पनि गरेका छन्  ।

तर, दर्शक हलसम्म आएनन् । चलचित्रको काठमाण्डौ वितरण गरेका गोपाल कायस्थ मल्टिप्लेक्समा चलचित्रको व्यापार औषत भएपनि सिंगलमा शुन्य जस्तै भएको बताउँछन् । चलचित्रको प्रचारप्रसार कमजोर हुनु र गीतले चर्चा नपाउनु ‘माला’ नचल्नुको मुख्य कारण बनेको छ । यो कुरा यसको निर्माणपक्ष पनि स्विकार गरेको छ ।

राम्रो प्रचार पाएका र गीतसंगीत हिट भएका औषत चलचित्रले पनि व्यापार गतिलो गरेका छन् । तर, राम्रो भनिएका चलचित्र प्रचारप्रसारको अभावका कारण फेल भएका छन् । नेपालमा पैसा खर्च गर्नुलाई मात्र प्रचार ठानिन्छ । तर, तारतम्य नमिलाई पैसा खर्च गर्दा चलचित्रले कुनै उचाई पाएको हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment