Comments Add Comment

विश्वकप क्रिकेटका पाँच शानदार शट

विश्वकपमा ब्याट्सम्यानको दबदबा रह्यो र, केही बेजोड पारी हेर्न पाइयो । रन र रेकर्डको वर्षाका बीच केही उत्कृष्ट शट्सहरु खेलियो, धेरै क्रिकेट प्रेमीले सम्झिरहने छन् । आज हामी त्यस्तै केही शट्सको चर्चा गर्दैछौं ।

म्याक्सवेलको अविश्वसनीय शट

Maxwell half cutting, half  pulling short

क्वार्टरफाइनलमा पाकिस्तानका वाहब रियाजको घातक बलिङले अष्ट्रेलिया समस्यामा परेको थियो । यस्तोमा म्याक्सवेलले २९ बलमा ४४ रनको आक्रामक पारी खेल्दै अष्ट्रेलियालाई सहज दिलाए ।

यो शानदार पारीका क्रममा वाहबको एक शर्ट बलमा हाफ कट र  पुल शट खेल्दै बल प्वाइन्टतर्फ गयो । उसलाई जारी विश्वकपको शानदार शट्स मानिएको छ ।

सुपरम्यान डिभिलियर्स

AB de Villiers sweep-scooping  short

क्रिकेटमा यस्तो कुनै काम बाँकी छैन, जुन एबी डिभिलियर्सले गर्न सक्दैनन् । भारतसँगको हारपछि दक्षिण अफ्रिकाले आफ्नो लयमा फर्कियो र कप्तान डिभिलियर्सले वेष्टइण्डिजविरुद्ध ६६ बलमा १६२ रनको पारी खले । उनले वन डे क्रिकेटमा सबैभन्दा बलमा १५० रनको रेकर्ड नै बनाए ।

यस क्रममा उनले आन्द्रे रसेलको बलमा एक शट खेले, जुन निकै उत्कृष्ट थियो । अफतर्फ गएर उनले स्वीप स्कुप शट हान्दै बललाई स्क्वायर लेगको बाउण्ड्रीतर्फ पठाए । यो कुनै म्याट्रिक्स मूभी हेने भन्दा कम थिएन ।

म्याक्सवेलको अद्भत शटMaxwell full toss short

पर्थमा अफगानिस्तानका शापुर जादरनले जब १४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा जब योर्कर फ्यांक्न चुके, म्याक्सवेलले फुल टसमा थर्ड म्यान बाउण्ड्रीको माथिबाट छक्का हाने । म्याक्सवेलको यो शटपछि खेल हेरिरहेकाहरु छक्क परे ।  उनले मात्र ३९ बलमा ८८ ररन बनाए । जसको मदतमा अष्ट्रेलियाले विश्वकपको इतिहासकै सबैभन्दा ठूलो ४१७ रनको स्कोर बनाएको थियो ।

फ्लाइङ रोसोउ

Rilee Rossouw  flying uppercut

राइली रुसाउले वेष्टइण्डिजविरुद्ध जुन फ्लाइङ अपर कट खेले, त्यो देखेर डिभिलियर्स पनि छक्क परे । उनले जेरोमी टेलरको बलमा निकै माथि उफ्रिएर ब्याकवार्ड प्वाइन्टको माथिबाट शानदार बाउन्ड्री हानेका थिए ।

विलियम्सनको विजयी छक्का

Kane Williamson six

केन विलियम्सनले अष्ट्रेलियाविरुद्ध कमिन्सको बलमा हानेको छक्का धेरै पछि सम्म याद रहनेछ । विलियम्सनले यो छक्का त्यसबेला हाने, जतिबेला न्यूजिल्याण्डले ९ विकेट गुमाइसकेको थियो र खेल हार्न पनि सक्थ्यो । तर, उनको यो छक्कासँगै छ विकेट लिने स्टार्क र अष्ट्रेलियालाई जित हात पार्न दिएनन् । समूह चरणमा भएको भेटमा न्यूजिल्याण्डले अष्ट्रेलियाविरुद्ध एक विकेटको रोमान्चक जित हात पारेको थियो ।

क्रिकइन्फोको सहयोगमा 

विलिम्सनले कमिन्सको बलमा हानेको छक्का हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ-स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment