Comments Add Comment

बाँकेको एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरियो

आरपी सुवेदी

९ चैत, नेपालगन्ज । बाँकेमा एसएलसी परीक्षाको प्रश्नपत्र आउट गर्ने एक विद्यार्थी निष्कासित भएका छन् । विज्ञान विषयको परीक्षा सञ्चालन भइरहेको बेला सवा घण्टामा प्रश्नपत्र आउट भएको थियो ।

नेपालगन्जको नारायण उमावि परीक्षा केन्द्रबाट परीक्षा दिई रहेको वेष्ट जोन माविका विद्यार्थीले प्रश्नपत्र बाहिर फालेका थिए ।
जिल्ला शिक्षा कार्यालय बाँकेका परीक्षा शाखाका विद्यालय निरिक्षक कृष्णराज पौडेलले दिएको जानकारी अनुसार ती परीक्षार्थीले करिव सवा ९ बजेतिर आफ्नो पश्नपत्र बाहिर फालेका थिए ।

ती परीक्षार्थीले आफुले अध्ययन गरेको विद्यालयका कुनै शिक्षकले प्रश्नपत्र मागेकोले आफुले दिएको बताएको पौडेलले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले पश्नपत्र बाहिर फाल्ने परीक्षार्थीको विषय रद्द गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment