+
+

पोखराको आकासमा प्याराग्लाइडिङ ठोक्किदा पाइलट र यात्रु घाइते

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ९ गते १५:२४

९ चैत, पोखरा । पोखराको आकासमा सोमबार दुईवटा प्याराग्लाइडडिङ एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

Paragliding-Pokhara
फाइल फोटो

सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदी नजिकै अवतरको क्रममा आपसमा ठोक्किदा एक जना पाईलट र एक जना चिनियाँ महिला पर्यटक घाइते भएका हुन् ।

फ्लाई नेपाल प्याराग्लाइडिङ्ग कम्पनीका प्याग्लाइडिङ इलट चेतनारायण न्यौपाने र उनीसँगै प्याराग्लाइडिङ गरेका एक चिनियाँ महिला पर्यटक २५ बर्षीया झुङ्ग हुइ लिङ घाईते भएको नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव वसन्तराज दवाडीले बताए ।

दवाडीका अनुसार पाइलट न्यौपाने र हनुमान प्याराग्लाइडिङ कम्पनीका प्याराग्लाइडर टर्करको ग्लाइडर आपसमा ठोक्किएको थियो । टर्करलाई भने केही भएको छैन ।

न्यौपानेको ग्लाइडर तल खसेर भुईंमा बजारिन पुग्दा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । जमिनदेखि करीब एक सय मिटरमाथि लड्न पुगेको स्थानिय प्रत्यक्षदर्शीको भनाइ छ ।

गम्भीर घाइते भएका पाइलट न्यौपानेलाई तत्कालै उद्धार गरेर हेलिकोप्टरमा काठमाडौं लगिएको थियो । उनको देब्रे खुट्टा भाँच्चिनुका साथै ढाडमा चोट लागेको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको महासचिव दवाडीले बताए ।

घाइते भएकी चिनियाँ पर्यटक लिङको भने पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने हातमा गहिरो चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?