Comments Add Comment

यस्तो छ ठमेल डटकमको फष्टलुक

Thamel.comकाठमाडौं । गोपीकृष्ण मुभिजले चलचित्रको सुटिङ सुरु भएकै दिन ‘ठमेल डटकम’को फष्ट लुक सार्वजनिक गरेको छ ।
पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेललाई फिचर गरिएको छ । सार्वजनिक पोष्टरमा नायकहरुको गेटअप हेर्दा एक्सन प्रदान चलचित्रको अनुमान गर्न सकिन्छ ।

सोमबार फष्ट लुक सार्वजनिक गर्दै निर्माण युनिट छायाँकनका लागि चरिकोट पुगेको छ । चलचित्रको दुई गीत र केही दृष्य चरिकोटमा खिचिने भएको छ ।

गोपीकृष्ण मुभिजको ब्यानरमा उद्धव पौड्यालको प्रस्तुति रहने चलचित्रको निर्देशन राजकुमार शर्माले गर्ने भएका छन् । यो चलचित्र तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स र द्वन्द्वमा आधारित हुनेछ । ठमेलकै परिवेशमा आधारित हुने भएकोले पोष्टरमा पनि ठमेललाई चित्रण गरिएको छ ।

चलचित्रमा एन. बि. महर्जनको द्वन्द्व, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयका शब्द, राजेश पायल राई, माण्डवी त्रिपाठी, प्रल्हाद तिमिल्सिना र अनिल सिंहको स्वर रहने छ ।

यस्तै ब्रजेश खनालको पटकथा सम्वाद, राजु विक्रम थापाको छायाँकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment