+
+

सामाजिक सुरक्षा भत्ता पाउनै मुस्किल

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १०:५९

१० चैत, म्याग्दी । बैँकबाट सामाजिक सुरक्षा भत्ता लिने व्यवस्था कार्यान्वयनमा आएसँगै केही ज्येष्ठ नागरिकले भने यो प्रक्रियामा झन्झट खेप्न बाध्य छन् ।

पर्वतको माझफाँट, लेकफाँट, सालिजा, बाँसखर्क र धाइरिङ गाविसका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले म्याग्दीको बेनीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत भत्ता पाउने व्यवस्था भए पनि बैंकमा फर्म भर्ने प्रक्रिया सहज नहुँदा उनीहरु मर्कामा परेका हुन् ।

सोमबार माँझफाँट गाविसकी ७० वर्षीय मसिनी नेपालीले वृद्धा भत्ता पाउनलाई बैंकमा खाता खोल्नुपर्ने गाविस सचिवको निर्देशनअनुसार आफू बेनीस्थित राष्ट्रिय वाणिज्य बैंकमा आए पनि बैंकमा फर्म सकिएपछि सास्ती भएको बताए । खाता खोल्न चाहिने सामग्रीको फोटोकपी गरेर खाता खोल्नका लागि वाणिज्य बैंकमा पुग्दा बैंकका सुरक्षा गार्डले फर्म सकिएको भनेपछि आफू अन्योलमा परेको उनले गुनासो गरे ।

मसिनी मात्र होइन सोमबार राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर वृद्धा भत्ता पाउला भन्ने आशा बोकेर आएको झन्डै २०० सर्वसाधारणले दुःख मात्र पाए तर खाता खोल्न पाएनन् । राष्ट्रिय वाणिज्य बैंक बेनीका कर्मचारीले बैंकमा नयाँ खाता खोल्ने फर्म सकिएको थाहा नपाउँदा सर्वसाधारण यसरी मर्कामा परेका हुन् ।

सरकारले उपलब्ध गराउँदै आएको दलित, वृद्धवृद्धा, एकल महिला लगायतको भत्ताबापतको रकम गाविस सचिवले दुरुपयोग गरेको गुनासो बढेपछि पर्वत जिल्ला विकास समितिले बैंकमार्फत भत्ता उपलब्ध गराउन निर्णय गरेको थियो । पर्वतका पाँच गाविसका जनतालाई पायक पर्ने भएकाले बेनीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने र त्यहीमार्फत भत्ता उपलब्ध गराउने गाविससँग सम्झौता भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?