Comments Add Comment

न्यूजिल्याण्डलाई २९८ रनको चुनौती

१० चैत, काठमाडौं । विश्वकप क्रिकेटको मंगलवारको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डसामु २९८ रनको चुनौती प्रस्तुत गरेको छ ।

ab deviवर्षाका कारण छोट्इयाएको ४३ ओभरमा दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २८१ रन जोडेको थियो । तर डर्क वर्थ लेविस मेथडका आधारमा न्यूजिल्याण्डले २९८ रनको नयाँ लक्ष्य पाएको हो ।

दक्षिण अफ्रिकाका फाफ डुे प्लेसिसले ८२ रनको योगदान गरे भने एबी डेभिलियर्स ६५ रनमा अविजित रहे । डेभिड मिलरले ४९ रन जोड्दा राइली रुसाउले ३९ रन बनाए । क्वीन्टन डि ककले १४ रन जोडे भने अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ र कोरी एन्डरसनले ३ विकेट लिए । जारी प्रतियोगितामा सर्बाधिक २१ विकेट लिएका बोल्ट लिडिङ विकेट टेकरको शीर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment