Comments Add Comment

नेपाली सेनाले सेवामूलक उद्योगमा लगानी गर्ने

१० चैत, काठमाडौं  । नेपाली सेनाको कल्याणकारी बोर्डले जलस्रोत, पर्यटन, कृषि तथा सेवामूलक उद्योगमा लगानी गर्ने भएको छ ।

Gaurab-Shamser-inaugurates building of Nepal Army Welfare Board

  • कल्याणकारी बोर्ड भवन उदघाटन गर्दै प्रधानसेनापति गौरवशम्शेर राणा । तस्वीर : रासस

सामाजिक क्षेत्र शिक्षा, स्वास्थ्य तथा लघुवित्त जस्ता क्षेत्रमा बहालवाला तथा अवकाश प्राप्त सिपाहीलाई सुविधा प्रदान सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिले गरिरहेको छ ।

प्रधानसेनापतिको प्रत्यक्ष कमाण्ड रहने गरी गत वर्ष सो बोर्ड गठन भएको थियो । अब समितिमार्फत हुने काम बोर्डमार्फत हुनेछ । प्रधानसेनापति गौरवशम्शेर राणाले नवनिर्मित बोर्ड भवनको मंगलबार महाराजगन्जमा उदघाटन गरेका छन् ।

शान्ति सेनामा सन् १९७४ मा पहिलो पटक नेपाली सेना सहभागिता हुदा प्राप्त भएको एक करोड २४ लाख रुपैयाँबाट स्थापना भएको कोषमा हाल ३८ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

करिब ४० वर्षको अवधिमा एक लाख छ हजार नेपाली सेना विश्वका विभिन्न देशमा शान्ति स्थापनार्थ शान्ति सेनामा खटिसकेका छन् । अर्कोतर्फ यस अवधिमा कोषले आˆना हिताधिकारीका लागि सामाजिक क्षेत्रका शिक्षा, स्वास्थ्य, आयआर्जन जस्ता क्षेत्रमा २९ अर्बभन्दा बढी लगानी गरिसकेको छ ।
बोर्डका कार्यकारी निर्देशक सिवी गुरुङले बैंकमा रकम राखी त्यसबाट आउने ब्याज खाने प्रचलनलाई अन्त्य गर्दै बोर्डले आफ्ना हिताधिकारीका साथै नाफारहित रुपमा नयाँनयाँ क्षेत्रमा लगानी गर्ने नीति लिएको जानकारी दिए ।

हाल बोर्डअन्तर्गतका बहालवाला ९५ हजार ६१५ र भूतपूर्व ६४ हजार ५४० हिताधिकारी रहेका कार्यक्रममा जानकारी दिइयो । सरकारले यस वर्ष कोषका लागि ७ करोड रुपैयाँ सहयोग गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment